Information is intelligence
HomeAutoडिजिटल स्क्रिन भएकाे अप्रिलिया एसआर १६० सार्वजनिक हुदैँ

डिजिटल स्क्रिन भएकाे अप्रिलिया एसआर १६० सार्वजनिक हुदैँ

- Advertisement -spot_img

पियाजियोले अप्रिलिया एसआर१६० को नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ।

कम्पनीका अनुसार नयाँ अपडेटहरूसहित भारतीय बजारमा अप्रिलिया एसआर१६० सार्वजनिक हुन लागेको हो। २०२२ एसआर१६० औपचारिक रुपमा सार्वजनिक हुनु अगावै स्कुटर पुनेको सडकमा देखिएको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।

नयाँ अपडेटमध्ये एसआर१६० मा अप्रिलियाको एसएक्सआरमा भएजस्तै मिटर कन्सोल हुने बताइएको छ। एसआर र एसएक्सआर दुवै एउटै प्लेटफर्ममा आधारित छ। तर यसको बाहिरी आवरणमा भने केही परिवर्तन देख्न सकिन्छ।

अप्रिलिया एसआर१६०को नयाँ संस्करणमा पुरै डिजिटल स्क्रिन हुनेछ। नयाँ स्क्रिनमा डिजिटल स्पिडोमिटर, ट्याकोमिटर, ट्रिपको जानकारी, इन्धन खपत, टप स्पीडलगायत एकै पटक हेर्न सकिनेछ। त्यस्तै नयाँ एसआर१६० मा ब्लुटुथ कनेक्टिभिटी पनि हुने अनुमान लगाइएको छ।

योसँगै स्कुटरको मूल्यमा पनि केही परिवर्तन हुनेछ। नयाँ एसआर१६० को मूल्य अहिलेभन्दा भारु ३ देखि ५ हजारसम्मले बढ्ने अनुमान लगाइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु