Information is intelligence
HomeNewsरेलवेकाे मुआब्जामा चित्त नबुझेको भन्दै जग्गाधनीद्वारा उजुरी

रेलवेकाे मुआब्जामा चित्त नबुझेको भन्दै जग्गाधनीद्वारा उजुरी

- Advertisement -spot_img

महोत्तरीको बर्दिबासमा रेलवे लिक र स्टेसनमा पर्ने जग्गाको मुआब्जामा चित्त नबुझेको भन्दै १ सय ८७ जना जग्गाधनीले उजुरी हालेका छन् । गत भदौ २ गते मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मुआब्जाविरुद्ध उजुरी परेको हो । भदौ १८ गतेसम्म निवेदन र चित्त नबुझे उजुरी गर्न समितिले समय दिएको थियो ।

जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग र पूर्वपश्चिम रेलमार्गको समेत साझा स्टेसन क्षेत्रको ५९ बिघा जग्गाको समितिले न्यूनतम ७ लाखदेखि अधिकतम ८१ लाख रुपैयाँसम्म तोकेको थियो । उक्त निर्धारित मूल्यको जग्गाधनीले विरोध गर्दै आएका थिए ।

समितिले ३२ भागमा विभाजन गरी मुआब्जा तोकेको जग्गाको जग्गाधनीले चलनचल्तीको मूल्य नपाए पनि जग्गालाई ३ भागमा विभाजन गरी न्यूनतम कट्टामा २० लाखदेखि अधिकतम १ करोड २० लाख रुपैयाँ दिनुपर्ने माग राखेका छन् । आफूहरूको मागअनुसार मूल्य नपाए पनि तोकेको मूल्यमा वृद्धि हुने अपेक्षा गरिएको रेलवे पीडित संघर्ष समितिका सदस्य बर्दिबास १४ का जग्गाधनी डाटाराच वाग्लेले बताए ।

रेलवेले ७ वर्षसम्म आफूहरूको जग्गा आफ्नो भन्ने अधिकारसम्म नदिएको र अहिले उचित मुआब्जा पनि नदिँदा अन्याय हुने भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृह सचिवसमक्ष सबै जग्गाधनीले व्यक्तिगत उजुरी गरेको उनले जानकारी दिए ।

१० देखि १५ प्रतिशत मुआब्जा गृह मन्त्रालयले बढाउने संकेतसहित आफूहरू सोही मूल्यवृद्धिको प्रतीक्षामा रहेको जग्गाधनीले बताएका छन् । अहिले निर्धारण गरिएको जग्गाको मुआब्जाबापत बर्दिबासका डेढ सयभन्दा बढी जग्गाधनीलाई २ अर्ब ३० करोड रकम सरकारले वितरण गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु