Information is intelligence
HomeEntertainment & Artsराजु र देवीकाे दसैँ काेशेली ‘ह्यापी दसैँ’

राजु र देवीकाे दसैँ काेशेली ‘ह्यापी दसैँ’

- Advertisement -spot_img

नेपालीहरुको महान चाड दसैं नजिकिदै गर्दा यस सम्बन्धी गीतहरू बजारमा भित्रिन थालेका छन् । यस्तैमा, गायक राजु ढकाल, देवी घर्ती, रविन लामिछाने, अस्मिता दल्लाकोटीले दसैं लोकदोहोरी गीत ‘ह्यापी दशै’ बनाएका छन् ।

परदेशमा रहेका आफन्तले स्वदेशमा रहेकी आफ्नी पियारीलाई दशै हाँसी खुसीले मनाउन आग्रह गरिएको गीतमा स्वदेशमा रहेकी पियारीले भने घर फर्किन र दसैँसँगै मनाउन आग्रह गरेकी छन् ।

सुमधुर लयका साथ तयार गरिएको गीतमा शब्द तथा संगीत सन्तोष पन्तको रहेको छ । गीतको संगीत संयोजन भने चेतन गोतामेले गरेका हुन् ।

गीतको भिडियोमा सन्तोष पन्त, सुस्मा ढकाल, फिल्पी देवकोटा, अस्मिता दल्लाकोटी लगायतको अभिनय देख्न सकिन्छ । वीरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियोमा मदन खड्काको निर्देशन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु