Information is intelligence
HomeEntertainment & Arts‘घिन्ताङ’को छायांकन सुरु

‘घिन्ताङ’को छायांकन सुरु

- Advertisement -spot_img

फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । २० दिनको नियमित सेड्युल सहित फिल्मले काभ्रेको पनौतीबाट छायांकन सुरु गरेको हो । निर्माता निर्देशक दीपक श्रेष्ठले फिल्म छायांकनका लागि अहिले उपयुक्त समय पाएकोले सुटिङ सुरु गरेको बताए ।

फिल्मको छायांकन दसैँ अगाडि सकाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भुमिका फिल्ममा रहनेछ ।

राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांकन रहन्छ । ६० लाखको लागत निर्माण अनुमान गरिएको फिल्म गत वैशाखमै सुरु गर्ने योजना निर्देशक श्रेष्ठको थियो । तर कोरोनाको कारण उनको योजना पूरा हुन सकेन ।

दीपकले ९ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कम ब्याक गरेका हुन् । त्यसैले पनि उनी ‘धिन्ताङ’ आफ्नो महत्वाकांक्षी फिल्म भएको बताउँदै आएका छन् । छायांकन अगाडि पनि उनले फिल्मको एक्सरसाइज राम्रो गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु