Information is intelligence
HomeShare Bazarनेप्सेमा सामान्य वृद्धि हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा

नेप्सेमा सामान्य वृद्धि हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा

- Advertisement -spot_img

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य वृद्धि भएर बन्द भएको छ । बिहीबार बजारलाई बैंकिङ क्षेत्रले लिड गर्दा बैंकिङ र वित्त कम्पनीबाहेकका सबै उपसूचकमा गिरावट हुँदा पनि नेप्से भने सामान्य बढेको हो ।

बिहीबार बजार परिसूचक नेप्से २.७० अंकले वृद्धि हुँदा २८१९.६५ अंकमा बन्द भएको छ । आज नेप्सेमा बैंकिङ उपसूचक २.४७ प्रतिशत र ०.३१ प्रतिशतले बढेको छ । पर्यटन उपसूचकमा सर्वाधिक २.८६ प्रतिशत, हाइड्रोपावर उपसूचकचमा २.२४ प्रतिशत र लगानी उपसूचकमाा २.२ प्रतिशतले गिरावट भएको छ ।

बुधबार ६ अर्बको कारोबार भएको बजारमा आज एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ७२ करोड ६३ लाख ७१ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएको मध्ये मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा प्राइम लाइफको सेयर मूल्य ६.१३ प्रतिशत, नेपाल बैंकको सेयर मूल्य ५.५१ प्रतिशत र नेपाल बंगलादेश बैंकको सेयर मूल्य ५.३० प्रतिशतले बढेको छ ।

यता, सेयर मूल्य घट्नेमा भने हिमालयन पावर पार्टन अगाडि देखिएको छ । कम्पनीको सेयर मूल्य सर्वाधिक ५.०९ प्रतिशतले गिरावट हुँदा युनियन हाइड्रोपावरको सेयर मूल्य ५.०५ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ४.६७ प्रतिशतले घटेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु