Information is intelligence
HomeNewsमेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

- Advertisement -spot_img

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार मौसमको यो अवस्था शुक्रबार रातीसम्म जारी रहनेछ।

हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तीसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसमविद्हरुले शुक्रबार, शनिबार र आइतबार तीन दिन दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएका छन्।

राती पनि सोही अवस्था रहने बताउँदै उनीहरुले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु