Information is intelligence
HomeSportsमुम्बईमाथि कलकत्ताको सहज जित

मुम्बईमाथि कलकत्ताको सहज जित

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार भएको खेलमा कलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य कलकत्ताले १५.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको उत्कृष्ट पारी खेले । ४२ बलको समना गरेका उनले ८ चौका र ३ चौका प्रहार गरे । 

भेन्कटेश अय्यरले ३० बलमा ४ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेले ।

मुम्बईका तिनै विकेट जसप्रित बुमराहले लिए । 

यस अघि अबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय पारी खेले । ४२ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रार गरे । 

कप्तान रोहित शर्माले ३३ र किरोन पोलार्डले २१ रन जोडे ।

कलकत्ताका लकी फर्गुसन र प्रशिद्ध कृष्णले २-२, सुनिल नारायण विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

जितसँगै कोलकाता ९ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा उक्लिँदा समान खेलबाट समान अंक जोडेको मुम्बई रन रेटमा पछि पर्दै छैटौँ स्थानमा छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु