Information is intelligence
HomeHealthदसैँसम्म बालबालिकाका लागि एक लाख खोप ल्याइनेछ : स्वास्थ्य राज्यमन्त्री

दसैँसम्म बालबालिकाका लागि एक लाख खोप ल्याइनेछ : स्वास्थ्य राज्यमन्त्री

- Advertisement -spot_img

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताए । एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने उनले जानकारी दिए । फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको मन्त्री श्रेष्ठले बताए ।

आउँदो कात्तिक महिनाभित्र ३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाउने उनको भनाइ छ । पहाडी जिल्लाहरूलाई पूर्ण खोप बनाउने गरी अहिले कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

फरक प्रसंगमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले छिट्टै पूर्णता बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु