Information is intelligence
HomeShare Bazarप्रभु बैंक र नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम

प्रभु बैंक र नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम

- Advertisement -spot_img

प्रभु बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक समूहको सेयर भदौ ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य २ सय ५ रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्यापिटलले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय २१ रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु