Information is intelligence
HomeShare Bazarआईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर

आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर

- Advertisement -spot_img

न्यादी हाइड्रोपावरले यही असोज १५ गते धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने भएको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले गएको भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीका कर्माचारीलाई गरी १८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर बाँडफाँड भइसकेको छ ।

आईपीओ निष्कासनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु