Information is intelligence
HomeInternationalमहिला अधिकारकर्मी कमला भसिनको निधन

महिला अधिकारकर्मी कमला भसिनको निधन

- Advertisement -spot_img

महिला अधिकारर्मी कमला भसिनको निधन भएको छ।

क्यान्सरबाट पीडित भसिनको आज बिहान ३ बजे निधन भएको हो।

उनकी सहकर्मी कविता श्रीवास्तवले ट्विटरमार्फत उनको निधनको जानकारी दिएकी हुन्।

उनले लेखेकी छन्, ‘हाम्री प्यारी साथी कमला भसlनको आज सेप्टेम्बर २५ बिहान ३ बजे निधन भयो। यो भारत र दक्षिण एसियाली क्षेत्रमा महिला आन्दोलनका लागि ठूलो क्षति हो। कमला तपाईं सधैं हाम्रो मुटुमा रहनुहुनेछ।’ ​​​
ad

भसिनको जन्म १९४६ अप्रिल २४ मा राजस्थानमा भएको थियो।

कमला भसिन मुख्यतः दक्षिण एसियाली नारीवादी अभियन्ताका रूपमा परिचित छिन्। साथै उनी कवि, लेखक र विज्ञ पनि थिइन्। उनको ‘जेन्डर’सम्बन्धी पुस्तक विश्वविद्यालय स्तरमा पढाइ हुन्छ।

उनी आफ्नो एनजीओ ‘संगत’को कार्यक्रमका सिलसिलामा बेलाबेला नेपाल पनि आउँथिन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु