Information is intelligence
HomeEducationएपेक्स एजुकेशनल एकेडेमीले छात्रावृत्ति प्रदान गर्ने

एपेक्स एजुकेशनल एकेडेमीले छात्रावृत्ति प्रदान गर्ने

- Advertisement -spot_img

शर्मिला विश्वकर्मा, काठमाण्डौं । एपेक्स एजुकेशनल एकेडेमी (AEA) ले प्रत्येक प्रदेशबाट ७ जना गरी ४९ जना विद्यार्थीहरुलाई पूर्ण निःशुल्क छात्रावृत्ति प्रदान गर्ने भएको छ । असोज ९ गते हिजो काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा यस एकेडेमिको २३ औं वार्षिक उत्सबको अवसरमा एकेडेमिका अध्यक्ष हरीप्रसाद पौडेलले जानकारी गराएका हुन ।

उनले विगत २ दशक भन्दा लामो समय देखि लोकसेवा आयोग अन्तर्गत संघ, प्रदेश, लगायत त्रि.वि. सेवा, शिक्षक सेवा, सुरक्षा सेवा, इन्जिनियरिङ सेवा, स्वास्थ्य सेवाका साथै बैङकिङ सेवाहरु, नेपाल टेलिकिम, सञ्चयकोष, विद्युतप्राधिकरण लगायतका निकायहरुमा स्थाई सेवा प्रवेशका लागि आवश्यक तयारी कक्षाहरु सञ्चालन गर्दै आएको र उत्कृष्ट नतिजा प्राप्त गर्न पनि सफल भएको बताउनु बताए । सो पत्रकार सम्मेलनमा यस संस्थाद्वारा सञ्चालित चिकित्सा शिक्षा र इन्जिनियरिङ तर्फको पूर्व तयारी कक्षामा सहभागी हुने र कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समुहलाई छात्रावृत्ति उपलब्ध गराइने समेत जानकारी गराइएको थियो ।

यस छात्रवृत्तिमा सहभागी हुनका लागि सरकारी वा नीजि विद्यालयबाट कक्षा ११ वा ३ वर्षे डिप्लोमा (CTEVT) कोर्ष उत्तिर्ण गरेका नेपाली नागरिकहरुले यही कार्तिक १० गते भित्रमा भौतिक उपस्थिति वा अनलाइनबाट नाम दर्ता गराइ सक्नु पर्ने कुरा पनि जानकारी गराइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु