Information is intelligence
HomeBrandदराजको दसैँ धमाका : निःशुल्क सिपिङदेखि टीभीएस एनटर्क १२५ जित्ने मौका

दराजको दसैँ धमाका : निःशुल्क सिपिङदेखि टीभीएस एनटर्क १२५ जित्ने मौका

- Advertisement -spot_img

अनलाइन बजार दराजले आफ्नो वार्षिकोत्सव अभियान ‘दराज दसैँ धमाका’को घोषणा गरेको छ । यो अभियान आजदेखि सुरु भएको छ । जसमा ग्राहकहरूले १० लाखभन्दा बढी उत्पादनहरूमा ‘मज्जाको छुट’ पाउने कम्पनीले जनाएको छ ।

अभियानको मुख्य आकर्षणहरूमा निः शुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत वा अधिकतम दुई हजार ५०० को छुट, पाँच हजारसम्मको मेगा भाउचर, ५० हजार मूल्यको उत्पादन एक रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेको जनाएको छ ।

दसैँ धमाकामा सामसुङदेखि एप्पल फोनहरूमा विशेष छुटहरू रहेका छ भने रियलमी सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ । ग्राहकहरूले असोज १० दराजमा रियलमी सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।

यस्तै, दराज दसैँ धमाकाका ग्राहकहरूले आधिकारिक ब्रान्डहरूमा पनि विभिन्न छुट पाउने कम्पनीले जनाएको छ ।यस्तै, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरूलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु