Information is intelligence
HomeShare Bazarअन्तत : मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत हुदै, कतिमा हुन्छ कारोबार ?

अन्तत : मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत हुदै, कतिमा हुन्छ कारोबार ?

- Advertisement -spot_img

आईपीओ निष्काशन गरेको एक महिना पछि अन्तत: मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकरण हुने भएको छ ।

साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरिएको लघुवित्तको शेयर भदौ ७ गते बाँडफाँट भएको थियो ।

दुइ साता अघि नै सूचीकरणको प्रक्रिया सम्पन्न भैसकेको तर विभिन्न कारणले रोकिएको नेप्से सूचीकरण आईपीओ बाँडफाँट भएको एक महिना पछि शेयर सूचीकरणको अन्तिम चरणमा रहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले बताएको छ ।

एसविआई मर्चेन्ट क्यापिटका अनुसार आज या भोली नै कम्पनीको शेयर सूचीकरण हुनेछ । नेप्सेमा सूचीकृत भएपछि लघुवित्तको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

आर्थिक वर्ष २०७६/७७ मा लघुवित्तको नेटवर्थ १३२ रुपैयाँ ६९ पैसाँ रहेको थियो । नेप्सेले लघुवित्तको नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेन्ज तोक्न सकिने व्यवस्था छ ।

त्यस अनुसार लघुवित्तको ओपनिङ्ग रेन्ज न्युनतम १३२ रुपैयाँ देखि ३९६ रुपैयाँसम्म प्रदान गर्न सक्ने देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु