Information is intelligence
HomeShare Bazarनेप्से ६१ अंकले घट्दा यो हो सर्वाधिक कमाउने, गुमाउने र कारोवार गर्ने...

नेप्से ६१ अंकले घट्दा यो हो सर्वाधिक कमाउने, गुमाउने र कारोवार गर्ने कम्पनी

- Advertisement -spot_img

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा झरेकाे छ । 

कूल २३३ वटा कम्पनीकाे एक करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५० करोड एक लाख १७ हजार ७ सय ८० रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

कारोबारमा आएका १३ समूहमध्ये सामूहिक लगानी कोषबाहेक अन्य समूहको शेयर मूल्य घटेको छ। सबैभन्दा धेरै फाइनान्स कम्पनीको शेयर मूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ।

यस दिन मनकामना लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु