Information is intelligence
HomeShare Bazarबुद्धभुमि हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन दिन सकिने; कस्तो छ कम्पनी ? कति...

बुद्धभुमि हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन दिन सकिने; कस्तो छ कम्पनी ? कति दिने आवेदन ?

- Advertisement -spot_img

असोज ११ गते, काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

कस्तो छ रेटिङ्ग?

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनी वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई सन् २०२० अगष्ट २४ तारिखमा रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहन्छ।

कस्तो कम्पनी हो?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७४ साउन ३१ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७४ साउन ३२ गते पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३, पानी पोखरी महाराजगञ्जमा रहेको छ । कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु भने नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकाका (साबिकका समुन्द्रटार, कुन्दरादेवी, बालकुमारी र थाप्रेक गा.वि.स) मा रहेको छ।

कम्पनीले ४.९९३ मेगावाट क्षमताको तल्लो ताँदी खोला जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ र प्रतिमेगाबाट लागत २३.८ करोड रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (स्थानिय बासिन्दालाई ४ लाख कित्ता सहित) शेयर निष्काशनमा ल्याएको छ।

आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी आयोजनाको कर्जा आँशिक भुक्तानीमा प्रयोग हुने कम्पनीले जनाएको छ।

हाल विभिन्न बैंकमा ७७ करोड ३४ लाख ९९ हजार रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ। आईपीओ वितरण गरेर प्राप्त भएको रकम उक्त ऋणको आंशिक भुक्तानी गर्नेछ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ४० करोड रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापककाे ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु