Information is intelligence
HomeShare Bazarमानुषी लघुवित्तको शेयर आजबाट कारोबारमा आउने, कति छ ओपनिङ्ग रेञ्ज ?

मानुषी लघुवित्तको शेयर आजबाट कारोबारमा आउने, कति छ ओपनिङ्ग रेञ्ज ?

- Advertisement -spot_img

आजबाट मानुषी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा सूचिकृत भएको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर जम्मा गरी कुल १० लाख ९३ हजार ७५० कित्ता साधारण शेयर बाँडफाँड भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको हो ।

नेप्से र उक्त कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट अर्थात् भोलीदेखि नै लघुवित्तको आइपीओ दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले उक्त संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

यदि आज स्पेसल प्रिओपन सेसनमा मानुषी लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुला हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु