Information is intelligence
HomeEconomyआज विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

- Advertisement -spot_img

आज नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको बिक्री दर ११८.२२ रुपैयाँ र खरिद दर ११७.६२ रुपैयाँ तोकेको छ । बैङ्कले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै एक यूरोको बिक्री १३८.५१ र खरिद दर १३७.८० रुपैयाँ कायम भएको बताएको छ ।

यसैगरी, पाउण्डको बिक्री दर १६१.७३ रुपैयाँ र खरिद १६०.९१ तथा अस्ट्रेलियन डलरको बिक्री ८५.८२ र खरिद ८५.३८ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.३४ र खरिद मूल्य ८६.९० तथा १० जापानी येनको बिक्री १०.६८ र खरिद दर १०.६२ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जनाएको छ ।

यस्तै, चिनियाँ युवानको बिक्री दर १८.२८ र खरिद दर १८.१९ रुपैयाँ, साउदी रियालको बिक्री ३१.५२ र खरिद ३१.५२ तथा कतारी रियालको बिक्री ३२.४६ र खरिद दर ३२.३० रुपैयाँ कायम छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.१८ रुपैयाँ र खरिद ३२.०२ तथा मलेसियन रिंगेटको बिक्री २८.२२ र खरिद २८.०८ रुपैयाँ तोकिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु