Information is intelligence
HomeEntertainment & Artsअसोज २१ गतेदेखि चलचित्र हलहरु खुल्ने

असोज २१ गतेदेखि चलचित्र हलहरु खुल्ने

- Advertisement -spot_img

नेपाल चलचित्र संघले आउँदो असोज २१ गते बिहीबारदेखि चलचित्र हलहरु खुल्ने जनाएको छ। कोभिड – १९ को संक्रमणको पहिलो र दोस्रो लहरबाट १८ महिनाभन्दा बढी समय पूर्ण रुपमा बन्द भएको हललाई केही निर्णयका साथ सञ्चालनमा ल्याउन लागिएको हो।

चलचित्र प्रदर्शन समितिका संयोजक अशोक शर्माका अनुसार एउटा नेपाली चलचित्र प्रदर्शन भएको कम्तीमा २ सातापछि दोस्रो चलचित्र प्रदर्शन गरिनेछ।

 यस्तै नेपाली चलचित्र प्रदर्शनकै मितिमा विदेशी चलचित्र प्रदर्शन नगर्ने निर्णय पनि समितिले गरेको छ।

यस्तै आगामी ३ महिनाभित्र प्रदर्शन हुने चलचित्रको मिति असोज २० गतेभित्र सार्वजनिक गरिसक्नुपर्ने जनाइएको छ। समितिले गरेको यो निर्णय ३ महिनाका लागि लागू हुने जनाइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु