Information is intelligence
HomeNewsलिपुलेकको मुद्दा विद्यार्थी संगठनले उठाउनुपर्छ:नारायणकाजी श्रेष्ठ

लिपुलेकको मुद्दा विद्यार्थी संगठनले उठाउनुपर्छ:नारायणकाजी श्रेष्ठ

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी संगठनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्ने बताएका छन् ।

सोमबार भक्तरपुरको सल्लाघारीमा पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को वागमती प्रदेश स्तरीय भेलामा उनले विद्यार्थी संगठनले राष्ट्रियताको मुद्दा उठाउनुपर्ने बताए । ‘लिपुलेक, लिम्पियाधुरा र कालापनीका समस्या उठाउनु विद्यार्थी संगठनहरुको कर्तव्य र दायित्व हो’ उनले भने ।

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्य, नारायण दाहाल र दिलिप प्रजापति, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, रत्न ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, महासचिव उत्तम अधिकारीलगायतका नेताले सम्बोधन गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु