Information is intelligence
HomePoliticsसभामुखले एमाले सांसदहरुको माग पूरा गर्न सक्नुहुन्न : डा. शशांक कोइराला

सभामुखले एमाले सांसदहरुको माग पूरा गर्न सक्नुहुन्न : डा. शशांक कोइराला

- Advertisement -spot_img

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन् ।

महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भईसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘उनीहरुले के भन्छन भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन । उनीहरुलाई निस्काशन गर्नुस् । त्यो त सभामुखले गर्न सक्नु हुन्न । यसैमा विरोध भईरहेको छ । हाम्रो धारणा के हो भने अव विधेयक आईसकेको छ । २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरु टुक्रियो । जुन विरोधमा आएको छ । त्यही अनुसार फ्लो गर्नु पर्छ ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु