Information is intelligence
HomePoliticsओली सरकारको नियुक्ति परिवर्तनमा तत्पर देउवा सरकार, थप तीनजनासँग सोधियो स्पष्टीकरण

ओली सरकारको नियुक्ति परिवर्तनमा तत्पर देउवा सरकार, थप तीनजनासँग सोधियो स्पष्टीकरण

- Advertisement -spot_img

ओली सरकार विफल भएपछी गठबन्धनबाट संचालित देउवा नेतृत्वको सरकार सक्रियतामा आएलगतै एनकेन प्रकारेण पुर्व सरकारको नियुक्ति परिवर्तनमा तर्पर देखिएको छ। विभिन्न पद र सो समन्धी जिम्मेदारीलाई लिएर स्पष्टिकरण सोध्ने र नियुक्तिलाई परिवर्तन गर्नेक्रममा रेल्वे विभागका महाप्रवन्धक, विद्युत प्राधिकरणका महाप्रबन्धक परिवर्तन, राजदुतहरुलाई फिर्ता बोलाइनु केहि उदाहरण हुन्।

यसैबीच सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउने प्रक्रिया थालेको छ ।

युवा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई हटाउन कानूनी प्रक्रिया पूरा गर्न लागिएको छ । स्पष्टीकरण सोधेर सफाइको मौका नदिई हटाउँदा अदालतबाट पुनर्वहाली भएर आउने भएकाले तीनै जनालाई स्पष्टीकरण सोधिएको छ ।

मन्त्रालयबाट उठाइएको फाइल मन्त्रिपरिषद बैठक हुँदै फेरि मन्त्रालयमा फर्किएको छ । तीनै जनासँग काम चित्त बुझ्दो नभएको, सरकारको नीति निर्देशन नमानेको लगायतका कारण देखाउँदै लिखित स्पष्टीकरण मागिएको स्रोतले जनाएको छ ।

सफाइको मौका दिने ऐनको प्राबधानको प्रक्रिया टुंगो लगाएर अर्को मन्त्रिपरिषद बैठकबाट तीनै जनालाई हटाउने गरि प्रस्ताव उठाउन लागिएको छ । मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकाले उनीहरुसँग स्पष्टीकरण पनि मन्त्रिपरिषदबाटै सोधिएको छ ।

तीनैजनाले स्पष्टीकरणको पत्र भने बुझिसकेका छैनन् । युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल एमाले केन्द्रीय सदस्य समेत हुन् । उनी दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।

त्यस्तै खेलकुद परिषदका सदस्य सचिव सिलवाल पनि दोस्रोपटक नियुक्त भएका हुन् । तीनैजनाको नियुक्ति प्रतिस्पर्धाको प्रक्रिया अपनाएर गरिएकाले हटाउँदा अदालतबाट पुनर्वहाली हुने सम्भावना बढी देखिएकाले सरकारले सबै कानूनी प्राबधान पूरा गर्न खोजेको मन्त्रालयका उच्च अधिकारीले बताए

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु