Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा पीएसजीको सामना म्यानचेस्टर सिटीसँग

च्याम्पियन्स लिगमा पीएसजीको सामना म्यानचेस्टर सिटीसँग

- Advertisement -spot_img

युइएफए च्याम्पियन्स लिगमा आज इंग्लीस च्याम्पियन म्यान्चेष्टर सिटी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजी आमने सामने हुँदैछन् । 

यो खेल आधुनिक फुटबलका महान् खेलाडी लियोनल मेस्सी र पेप ग्वार्डीवालाबिचको भिडन्तको रुपमा पनि हेरिएको छ । यी दुइ स्पेनिस जायन्ट क्लब बार्सिलोनामा  रहँदा चार वर्षमा १४ वटा ठुला  ट्रफी जितेका थिए ।

यो खेल पिएसजीको घरेलु मैदान पार्क दि पासमा नेपाली समयअनुसार रातीको पौने एक बजेबाट सुरु हुनेछ । पिएसजीले समुह चरणको आफ्नो पहिलो खेलमा क्लब ब्रुजसँग एक एक गोलको बराबरी खेलेर अंक बाँडेको थियो भने सिटीले लाइपजिकलाइ ६–३ ले हराउँदै बिजयी सुरुवात गरेको थियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु