Information is intelligence
HomeScience & Technologyभोलि बिहानसम्म फोनपेको क्यूआर पेमेन्ट बन्द हुने

भोलि बिहानसम्म फोनपेको क्यूआर पेमेन्ट बन्द हुने

- Advertisement -spot_img

भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेको सेवा आज राति १० बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द हुने भएको छ । सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ ।

यसक्रममा फोनपेको हब अर्थात् युटिलिटी पेमेन्ट तथा क्यूआर पेमेन्ट सेवा अवरुद्ध हुनेछ । ‘यसबाट ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । भोलि बिहान ६ बजेपश्चात् कम्पनीका सबै सेवा पूर्ववत् रुपमा सुचारु हुने फोनपेले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु