Information is intelligence
HomeNewsहत्या अभियोगमा वडाध्यक्ष पक्राउ

हत्या अभियोगमा वडाध्यक्ष पक्राउ

- Advertisement -spot_img

हत्या अभियोगमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सबैला नगरपालिका वडा नम्बर ४ मा सडक विस्तारको क्रममा भएको विवादमा स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोही वडाका वडाध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई पक्राउ गरेको हो।

सो घटनामा ज्यान मार्ने उद्योगमा १० जना आरोपितमध्ये वडाध्यक्षलाई शनिवार नै पक्राउ गरिएको हो। गत बैशाख १३ सडक विस्तार गर्दा सिमासाल खोजबिनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमिन्त्रा कुटपिटबाट घाइते भएकी थिइन्। उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो।

सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दीपक यादव र रञ्जित यादव समेत गम्भीर घाइते भएका थिए। तर, उपचारको क्रममा सुमिन्त्राको मृत्यु भएपछि परिवारजनले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए।

मुद्दाको अनुसन्धानको क्रममा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएका थिए। इप्रका सबैलामा मुद्दा आइसकेपछि फरार आरोपितमध्ये वडाध्यक्ष आफैँ हाजिर भएको इप्रका सबैलाका प्रमुख प्रहरी निरीक्षक राजेश सिग्देलले बताए। प्रहरी नियन्त्रणमा रहेका कुशेश्वरविरुद्ध सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए।


दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु