Information is intelligence
HomeScience & Technologyसाना लगानीका मिडियालाई निःशुल्क इन्टरनेट दिनुपर्छ: काउन्सिल अध्यक्ष बस्नेत

साना लगानीका मिडियालाई निःशुल्क इन्टरनेट दिनुपर्छ: काउन्सिल अध्यक्ष बस्नेत

- Advertisement -spot_img

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले नि:शुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताएका छन् ।

मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताएका हुन् ।

उनले साना लगानीका मिडियालाई बचाउन राज्यले नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने बताए । ‘सञ्चार माध्यमलाई पनि सञ्चार प्रविधिको विकास र सहुलियत जरुरी छ । साना लगानीका मिडिया अब राज्यले विशेष रूपले नहेर्ने हो भने टिक्न पनि गाह्रो छ । राज्यले नि:शुल्क इन्टरनेटको सुविधा दिएमा राहत हुन्छ जस्तो लाग्छ,’ बस्नेतले भने ।

अनलाइन, युट्युब जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सूचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु