Information is intelligence
HomePoliticsअनेरास्ववियुले विभिन्न माग राख्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो

अनेरास्ववियुले विभिन्न माग राख्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो

- Advertisement -spot_img

नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न माग राख्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार अनेरास्ववियुले जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा जनताका आधारभूत विषयमा र अन्याय, अत्याचारका विरुद्धमा संघर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार भएको उल्लेख छ ।

उपमहासचिव अशोक थापाले अहिले बजारमा देखिएको कालोबजारी, खानेतेल, इन्धन, खाद्यवस्तुमा मूल्यवृद्धि, यातायातमा भएको भाडा वृद्धि र विद्यार्थीले पाउने छुट जस्ता विषयलाई सम्बोधन गरेर जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको जिम्मा सरोकारवाला पक्ष र सरकारले लिनुपर्ने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु