Information is intelligence
HomeSportsपीएसजीमा मेसीको पहिलो गोलले म्यानचेस्टर सिटीमाथि दिलायो जित

पीएसजीमा मेसीको पहिलो गोलले म्यानचेस्टर सिटीमाथि दिलायो जित

- Advertisement -spot_img

पेरिस — लियोनल मेसीले क्लबका लागि गरेको पहिलो उत्कृष्ट गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २–० ले हराएको छ ।

पूर्वविजेता लिभरपुल पनि अर्को खेलमा प्रभावशाली जित निकाल्न सफल रह्यो । तर रियल म्याड्रिड भने पराजित रह्यो ।

बार्सिलोना छाडेर पीएसजी आएयताको चौथो खेलमा मेसीले केयलिन एमबापेको सहयोगमा गोल गरेका हुन् । इड्रिस गुएले पीएसजीका लागि पहिलो गोल गरे ।

लिभरपुलले पोर्टोमाथि प्राप्त ५–१ जितमा मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई दुई गोल गरे । यस्तै साडियो मानेले एक गोल गरे ।

कीर्तिमान १३ पल्टको विजेता भने रियल भने सेरिफसँग आफ्नो घरेलु मैदानमा २–१ ले पराजित भएको हो । अर्को प्रमुख खेलमा एटलेटिको म्याड्रिडले एसी मिलानलाई २–१ हरायो । यस्तै आयाक्सले बेटिकटासलाई २–०, क्लब ब्रुगले आरबी लाइपजिगलाई २–१ र बोरुसिया डर्टमुन्डले स्पोर्टिङलाई १–० हरायो । साख्तर डोनेस्क र इन्टर मिलानबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु