Information is intelligence
HomeShare Bazarरिज लाईन ईनर्जीले गर्यो आईपीओ निष्कासनको तयारी

रिज लाईन ईनर्जीले गर्यो आईपीओ निष्कासनको तयारी

- Advertisement -spot_img

रिज लाईन ईनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार रूपैयाँको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रूपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

उक्त सम्झाैतापत्रमा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु