Information is intelligence
HomeShare Bazarनेप्से सुचिकरणमा एक महिना लागेको मानुषीको सेयर अझै भएन कारोबार, किन भयो...

नेप्से सुचिकरणमा एक महिना लागेको मानुषीको सेयर अझै भएन कारोबार, किन भयो यस्तो ?

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेञ्जमा आज (असाेज ११ गते, साेमबार) मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे ।

अब आज कम्पनीकाे सेयर काराेबार हुँदैन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ ।

जस अनुसार अब भाेलि (मंगलबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ ।

हिजाे संस्थाकाे १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । संस्थाले दाेश्राे बजारमा काराेबारका लागि MLBS सिम्बाेल पाएकाे छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु