Information is intelligence
HomeSportsइपिएलमा आज २ खेल हुने

इपिएलमा आज २ खेल हुने

- Advertisement -spot_img

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा बुधबार दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग ७ विकेट पराजित भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलो जितको खोजीमा छ । पोखराले पहिलो खेलमा वर्षा बाधक बनेपछि भैरहवा ग्लाडियटर्ससँग अंक बाडेको थियो ।

दिउँसो साढे १ बजे सुरु हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्सको सामना गर्नेछ ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पनि पहिलो जित निकाल्ने सोचमा हुनेछ । उ पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु