Information is intelligence
HomeShare Bazarनेसनल माइक्रोफाइनान्सको सेयरमा आवेदन दिने आज अन्तिम दिन

नेसनल माइक्रोफाइनान्सको सेयरमा आवेदन दिने आज अन्तिम दिन

- Advertisement -spot_img

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज असोज १३ गते बुधबार अन्तिम दिन हो । यस कम्पनीले भदौ ३० गतेबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु