Information is intelligence
HomeScience & Technologyअब डेस्कटपमा पनि युट्युव भिडिओ डाउनलोड गर्न सकिने

अब डेस्कटपमा पनि युट्युव भिडिओ डाउनलोड गर्न सकिने

- Advertisement -spot_img

युट्युव प्रिमियम आफूसँग हुनुको एउटा फाइदा अफलाइनमा हेर्नका लागि भिडिओ डाउनलोड गर्न सकिने सुविधा हो । तर यो फिचर डेस्कटपका लागि भने उपलब्ध थिएन ।

यद्यपि परीक्षणमा रहेको नयाँ फिचरले यो सुविधा दिन थालेको छ । युट्युवको परीक्षण पेजमा यो नयाँ सामग्री देखा परेको हो । एन्ड्रोइड पुलिसले उल्लेख गरेअनुसार यसले प्रयोगकर्तालाई डेस्कटप साइटमा डाउनलोड बटन थप्ने अनुमति दिन्छ ।

यो बटन एकपटक इनेबल गरेपछि ब्राउजिङको समयमा भिडिओको तलतर्फ रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्दा देख्न सकिनेछ ।

साथै डाउनलोड गरिएका सामग्रीमा सहज पहुँच बनाउन सकिने गरी सेटिङ मेनुमा नयाँ डाउनलोड पेजसँगै साइड प्यानलमा समेत यसलाई देख्न सकिनेछ । जसबाट रेजोलुसन समेत तय गर्न सकिनेछ ।

यस्तो अफलाइन भिडिओ युट्युवमै सेभ भएर बस्छन् । जुन तपाईंका लागि कमजोर इन्टरनेट भएको स्थानमा हुँदा उपयोगी हुन्छ । यो फिचर राम्रो किसिमका एन्ड्रोइड फोनमा यसअघि देखि नै उपलब्ध रहेको छ ।

डेस्कटपमा यो फिचर आउन किन यतिधेरै समय लाग्यो भन्ने विषय भने स्पष्ट छैन । युट्युव टिभीले समेत हालै मात्र नयाँ एड-अनसँगै अफलाइनमा हेर्न मिल्ने गरी भिडिओ डाउनलोड गर्न सकिने सुविधा सुरु गरेको छ ।

यद्यपि यो केवल मोबाइल डिभाइसमा मात्र उपलब्ध हुनेछ । यो परीक्षण अक्टोबर १९ सम्म जारी रहनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु