Information is intelligence
HomeEntertainment & Artsप्रताप दासको स्वरमा समावेश ‘रिसाऊ न त रिसाउ’ सार्वजनिक

प्रताप दासको स्वरमा समावेश ‘रिसाऊ न त रिसाउ’ सार्वजनिक

- Advertisement -spot_img

रिसाएकी प्रेमिकालाई फकाउन सिकाउने नयाँ गीत दर्शकश्रोतामाझ आएको छ।

गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाऊ न त रिसाऊ…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नवीन कार्कीले संगीतबद्ध यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ।

म्युजिक भिडियोमा दिनेश खनाल र विष्णु मिश्रलाई क्युट कपलका रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’मार्फत भिडियो सार्वजनिक गरिएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु