Information is intelligence
HomeHealthसबैलाई वैशाखसम्म काेराेनाविरुद्धकाे खाेप लगाइ सक्छाैँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

सबैलाई वैशाखसम्म काेराेनाविरुद्धकाे खाेप लगाइ सक्छाैँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

- Advertisement -spot_img

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदाे वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिए ।

विश्व मुटु दिवसको अवसरमा आज बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले अहिले दैनिक तीन लाख जनालाई काेराेनाविरुद्धकाे खोप लगाउने काम गरिरहेको बताए । वर्तमान सरकारले आफ्नो झन्डै तीन महिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि एक करोड खोप सुनिश्चित गरिएको बताए । उनले भने, ‘झन्डै तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइ सकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले एक करोेड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु । अहिले दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ । अग्रपङ्क्तिमा खटिएकाहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ । बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु