Information is intelligence
HomeAutoनेपालमा टाटाको एनआरजी सार्वजनिक

नेपालमा टाटाको एनआरजी सार्वजनिक

- Advertisement -spot_img

नेपाली बजारमा टाटाको नयाँ ह्याचब्याक सार्वजनिक भएको छ। टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले मंगलबार नेपाली बजारको लागि ‘नयाँ फरएभर रेञ्ज’अन्तर्गतको एनआरजी सार्वजनिक गरेको हो।

उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी ह्याचब्याकमा एसयुभीको जस्तै ड्राईभिङ अनुभव गर्न चाहने युवा ग्राहकहरूतर्फ लक्षित छ।

‘अर्बन टफरोडर’को रुपमा प्रस्तुत गरिएको यो गाडीको बाहिरी बनावट आकार्षक र बलियो छ। बजारमा यो गाडी फरेस्ट ग्रीन (हरियो) , फायर रेड (रातो), स्नो ह्वाइट (सेतो) र क्लाउडी ग्रे गरेर चार विभिन्न रंगमा उपलब्ध हुनेछ।

सुरक्षाको कुरा गर्दा गाडीले ग्लोबल एनक्यापमा चार स्टार सेफ्टी रेटिङ पाएको छ।

गाडीमा भएको पुस स्टार्ट बटन, रिअर पार्किङ्ग क्यामेरा र अटो फोल्ड ओआरभिएमजस्ता विशेषताले यसको आकर्षणमा नयाँ आयाम थपेको छ। बलियो र स्पोर्टी बनावट भएको एनआरजीमा कच्ची सडकहरूमा सुरक्षित भइ सहजताका साथ यात्रा गर्न सकिन्छ। १२०० सिसीको इन्जिन क्षमतासहित यो म्यानुअल र एटिएम दुवै ट्रान्समिसनमा उपलब्ध छ।

नयाँ गाडी सार्वजनिक गर्दै कार्यक्रममा टाटाको पेसेन्जर भेहिकल इन्टरनेसनल बिजनेशका प्रमुख मायंक बाल्डीले नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे।

‘यो टाटाको लोकप्रिय ह्याचब्याकको टफभर्जन हो। जसले तपाईंलाई हरेक दिन आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्नेछ’, उनले भने, ‘ह्याचब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरू चाहनेहरूको लागि यो अत्यन्त उपयोगी छ। यसमा स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्न सकिन्छ।’

त्यस्तै सिप्रदी ट्रेडिङ प्रा.लिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारको लागि विशेष गाडी हुने कुरामा सकारात्मक धारण देखाए।

उनले भने, ‘नयाँ एनआरजी सार्वजनिकसँगै यसले हाम्रो टाटा मोटर्ससँगको साझेदारीमा अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गरेको छ। हामी नेपाली ग्राहकहरू समक्ष उत्कृष्ट उत्पादनहरू ल्याउनकालागि सदैव प्रतिबद्ध छौं।’

नयाँ एनआरजीले नेपालमा राम्रो बजार लिनेमा कम्पनी सकारात्मक छ। कम्पनीले नयाँ एनआरजीको सुरुवाती मूल्य ३३ लाख ९५ हजार तोकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु