Information is intelligence
HomeGoldpriceसेवीको मन्जुरीसंगै शेयर जस्तै सुनको पनि हुने भयो कारोबार, यसरी हुन्छ GSE...

सेवीको मन्जुरीसंगै शेयर जस्तै सुनको पनि हुने भयो कारोबार, यसरी हुन्छ GSE मा कारोबार

- Advertisement -spot_img

भारतीय बजारमा गोल्ड स्टक एक्सचेन्ज खोल्नको लागि बाटो खुला भएको छ। भारतीय शेयर बजारकाे नियामक निकाय सेवीले मंगलबार उक्त किसिमको स्टक एक्सचेन्ज खोल्ने बाटो खोलेको हो। सेवीको मंगलबार बसेको बोर्ड बैठकले गोल्ड एक्सचेन्ज र सेवी (वाल्ट मेनेजर) विनियम २०२१ को फ्रेमवर्क स्वीकृत गरेको छ।

उसले स्वीकृत गरेको विनियम अनुसार ट्रेडिङको लागि ईजीआरका मूल्य मान्यता अनुसार स्थापित स्टक एक्सचेन्जले सेवीको स्वीकृतिमा कारोबार सुचारु गर्न सक्ने छन्। एक्सचेन्जहरूले उक्त कारोबार सुरु गरेपछि सुनको ट्रेडिङ शेयर कारोबार गरे जसरी नै गर्न सकिने छ। जसको लागि सुनलाई इलेक्ट्रोनिक्स गोल्ड रिसिप्टका रुपमा परिवर्तन गरी शेयर जस्तै कारोबार गर्नु पर्ने छ। कागजी रुपमा गरिएको सुनको कारोबार पछि कसैले सुन नै लिन चाहेमा सोही कागज अनुसार भौतिक रूपमा सुन पनि लिन सकिने छ। तर धेरै जसोले भने निश्चित मुनाफाकै लागि बजारमा सुनको कारोबार गर्ने छन्।

सुनको सट्टामा कारोबारीले रिसिप्टको रुपमा पाउने ईजीआर कागजको म्याद कहिले पनि सकिने छैन। जसले उक्त रिसिप्ट जहिले सम्मराख्न चाहन्छ उसले राख्न सक्ने छ। उसलाई सुन नै लिन मन लागेकाे बेला उक्त रिसिप्ट सेरेन्डर गरेर वाल्ट मार्फत उक्त दिनको मूल्य अनुसारको सुन लिन सक्ने छ। कुनै पनि मान्यता प्राप्त स्टक एक्सचेन्जले भिन्नै सेगमेन्टको रुपमा इजिआर ट्रेडिङ सुरु गर्न सक्ने छन्।

गोल्ड स्टक एक्सचेन्जमा न्यूनतम कति वजन र मूल्यको ईजीआर ट्रेड हुने हो त्यो अझै तय भएको छैन।गोल्ड स्टक एक्सचेन्जमा ५० करोड भन्दा बढी नेटवर्थ भएका कम्पनी मात्रै वाल्ट मेनेजर बन्न सक्ने छन्। उनीहरूले सेवीमा दर्ता हुनु पर्ने छ। भारतमा चीन पछि धेरै सुन उपभोक्ता छन्। त्यसैले पनि यो बजार धेरै चल्ने आश गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु