Information is intelligence
HomeShare Bazarछ वटा बैंकको लाभांश स्वीकृत, १४ वटा बैंक लाभांश वितरण गर्ने तयारीमा...

छ वटा बैंकको लाभांश स्वीकृत, १४ वटा बैंक लाभांश वितरण गर्ने तयारीमा [सूची सहित]

- Advertisement -spot_img

नेपाल राष्ट्र बैंकमा गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पेश गरेर स्वीकृत गराएका बैंकहरूले धमाधम लाभांश घोषणा गदैै केन्द्रीय बैंकलाई जानकारी दिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकमा गत आर्थिक वर्षको नाफाबाट बोनस प्रस्ताव गरेर स्वीकृति माग्ने बैंकरूमध्ये मंगलबारसम्ममा चार वटा वाणिज्य बैंक, एक विकास बैंक र अर्को एक पूर्वाधार विकास बैक छन् । यी बैैंकहरूले केन्द्रीय बैंकको वित्तीय विवरण स्वीकृतसमेत भइसकेको छ भने सञ्चालक समितिबाट लाभांश स्वीकृत गराएर त्यसको जानकारी पनि राष्ट्र बैंकलाई दिएका छन् ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार हालसम्म विकास बैंक र वाणिज्य बैंकहरूमध्येबाट १४ वटाले वित्तीय विवरण पेश गरेका छन् । वित्तीय विवरण स्वीकृतिका लागि पेश गर्नेमा माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल पूर्वाधार विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रीला डेभलपमेन्ट बैंक रहेका छन् ।

यी बैैंकहरूमध्ये माछापुच्छ्रेले १४ प्रतिशत, सिटिजन्सले १६ प्रतिशत, सानिमाले १७.८९ प्रतिशत, कुमारीले ८.६७ प्रतिशत, नेपाल पूर्वाधार विकास बैंकले ८.५ प्रतिशत र कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने भएका छन् । यी बैंकहरूले दिने लाभांशको लागि राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृत गराएर लाभांशको घोषणा पनि गरिसकेका छन् ।

अब यी बैैैंकहरूले साधारणसभा बोलाउने र साधारणसभाबाट स्वीकृत गराएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने भएका छन् । लाभांश घोषणा गरिसकेका र वित्तीय विवरण स्वीकृत गरेका तथा स्वीकृतिको चरणमा रहेका बैैंकहरूले अब दशैं पछाडि साधारणसभा बोलाउने र लाभांश स्वीकृत गराएर वितरण गर्ने भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु