Information is intelligence
HomeShare Bazarएचआईडिसीएलको शेयरमा आवेदन दिने आज अन्तिम दिन; यसरी दिनुहोस आवेदन

एचआईडिसीएलको शेयरमा आवेदन दिने आज अन्तिम दिन; यसरी दिनुहोस आवेदन

- Advertisement -spot_img

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज असोज १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि लिलाम बढाबढमा सेयर बिक्रि खुला गरेको हो।

कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भईरहेको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो।

शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ। ग्लोबल आईएमई बैंकको शाखाहरु बिर्तामोड, हनुमान दास रोड, जनकपुर, आदर्शनगर बिरगंज, हेटौडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, शुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । , 

आवेदन दिंदा सर्बसाधारणको हकमा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । त्यस्तै संस्थापक शेयरको हकमा  न्युनतम १ करोड कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ।

एचआईडिसीएलले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको हो। साउन ५ गतेदेखि साउन २५,२०७८ सम्म हकप्रदमा आवेदन दिन सकिने थियो तर उक्त मितिसम्म पनि पर्याप्त आबेदन नपरे पश्चात एचआईडिसीएलले अहिले नपरेका अर्थात बिक्रि नभएका संस्थापक र सर्वसाधारण समुह तर्फको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु