Information is intelligence
HomeNewsमानव बेचविखनबाट पीडित ÷प्रभावित व्यक्तिहरुको उद्धार तथा फिर्ती समन्वय बैठक

मानव बेचविखनबाट पीडित ÷प्रभावित व्यक्तिहरुको उद्धार तथा फिर्ती समन्वय बैठक

- Advertisement -spot_img

१३ असोज २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं| महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समूह नेपाल (एटविन) को आयोजनामा मानव बेचविखनबाट पीडित / प्रभावित व्यक्तिहरुको उद्धार तथा फिर्ती समन्वय बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । बुधबार आयोवित उक्त बैठकमा मानव बेचविखनबाट प्रभावित व्यक्तिहरुको उद्धार सम्वन्धमा ठोस नीति / निर्देशिका बनाउने बन्नुप र्ने माग गरिएको थियो ।
उक्त कार्यक्रममा मानव बेचबिखनमा परेका महिला /बालबालिका नीतिको अभावमा उद्धार गर्न कठिनाई भइरहेको भन्दै त्यस्तो नीति / निर्देशिका बनाउन सरोकारवाला, अधिकारकर्मी तथा अभियन्ताले माग गरेका हुन् ।


उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले आफुले महिला हिंसा बिरूद्ध अभियानमा लागेको तीन दशकको अनुभवमा मानव बेचविखनको स्वरूप बदलिरहेको बताउदै अबका दिनमा मानव बेचविखनमा परेका व्यक्तिहरुलाई उद्धार गरेर स्वदेश ल्याउन राष्ट्रिय÷अन्तर्राष्ट्रिय तहमा समन्वयको लागि नीति / निर्देशिका बनाउन आयोगले सरोकारवाला मन्त्रालय, संस्था र नागरिक समाजसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसै गरी आयोजक संस्था एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले उक्त नीतिको माग गरेको करिब १० वर्ष वितेको भएता पनि नीति आउन नसकेकोले विदेश तथा स्वदेशमै बेचविखनमा परेकाको उद्धारका लागि ज्यादै कठिनाई भइरहेको अनुभव सुनाउनु भयो भने शक्ति समुह नेपालकी अध्यक्ष चरीमाया तामाङले नीति बनाउँदा मानव बेचविखनबाट प्रभावितको मानवअधिकारको हनन नहुने गरी सहज, सरल तरिकाले उद्धार तथा पुनस्थार्पना गर्न सकिने बुँदा समावेश हुनुपर्ने बताए।

सो कार्यक्रमा माइती नेपालमा कार्यरत अधिवक्त उमा तामाङले हाल सम्म पीडितको उद्धार गर्दा उद्धारकर्ता तथा संस्थागत जोखिममा पर्दै आएको बताउँदै देशको ठूलो समस्या रहेको यस क्षेत्रको कामलाई सहज बनाउन नीति बन्न ढिला भएको बताए भने आफन्त नेपालका निर्देशक इन्द्र भट्टराईले भारतमा संस्थाको शाखा रहेकोले त्यहाँ पीडित भएकाको उद्धारका लागि केही पहल गर्दै आए पनि तेस्रो मुलुकमा पीडित भएका नेपालीको उद्धारमा समस्या रहेको, मानव बेचविखन परेका कतिपय महिला, बालबालिकालाई परिवारले सहयोग नगर्दा उद्धार तथा पुनस्थार्पनामा कठिन भइरहेको भन्दै त्यस्ता पीडितलाई राज्यले राज्यले सञ्चालन गरेको पुनस्थार्पना केन्द्रमा राख्ने व्यवस्था हुनु पर्ने बताए।

काठमाण्डौंमा आयोजित सो छलफलमा नेपाल प्रहरीका एसएसपी दुर्गा सिंहले नीतिको अभावमा वैदेशिक रोजगारीमा पुगेर ठगीमा परेका पीडितहरुलाई उद्धार गर्न नसकेको घटनाहरू रहेको भन्दै नेपाली भिजिट भिषा लिएर भए पनि बैदेशिक रोजगारीमा जाने, त्यहाँ रोजगारी दिनेले राहदानी लगायतका दस्तावेज खोसेर कब्जामा राखेका कारण कानूनी दस्तावेजको अभावमा उद्धार गर्न कठिनाई भएको बताए । कार्यक्रममा सिविन नेपालका बाल हेल्प लाइन प्रमुख सागर भण्डारीले बेचविखनमा परेका बालबालिकाको जन्मदर्ताको अभावमा उद्धार गर्न समस्या हुँदा स्थानिय सरकारले समेत सहयोग नगरेको गुनासो गर्नु भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु