Information is intelligence
HomePoliticsहेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु : प्रचण्ड

हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु : प्रचण्ड

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अहिले नै हतियार उठाउने र भूमिगत हुने नभनेको स्पष्ट पारेका छन् ।

सपनाको पाण्डुलिपि गिती संग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले बाटो बिराए पनि जनयुद्धको ऐतिहासिकता कम हुँदैन ।’

‘मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु,’ प्रचण्डले अघि भने, ‘त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ ।’

प्रचण्डले आफ्नो उद्धेश्य पवित्र भएपनि वैज्ञानिक नहुँदा राम्रो नहुने रहेछ भनेर आफूले बुझेको बताए ।

‘झण्डै झण्डै ०६२/०६३ को आन्दोलनको झल्को दिनेगरी लाखौं जनता सडकमा उर्लिए,’ प्रचण्डले भने । केपी ओलीसँग एकता गरेर ज्ञान पाएको प्रचण्डको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु