Information is intelligence
HomeEntertainment & Artsदेवी घर्तीको स्वरमा रहेको ‘उही खोलीमा पानी-२’ सार्वजनिक

देवी घर्तीको स्वरमा रहेको ‘उही खोलीमा पानी-२’ सार्वजनिक

- Advertisement -spot_img

युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउने लोकदोहोरी गीत हो, ‘उही खोलीमा पानी…’।

पाँच वर्ष अगाडि सार्वजनिक यस गीतमा केशव पौडेलको शब्द, बसन्त थापाको संगीत, राजन गुरुङ र देवी घर्तीको स्वर छ । यस गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए ।

‘उही खोलीमा पानी’ सार्वजनिक भएको पाँच वर्षपछि ‘उही खोलीमा पानी २- जवानीको औषधि’ सार्वजनिक गरिएको छ ।

शुक्रबार मात्रै बसन्त थापा र देवी घर्तीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

केशव पौडेलले कोरेका शब्दमा खेम पुनले संगीत भरेका छन् भने गीतमा याम थापा मगरको एरेन्ज रहेको छ ।

दोलखा जिल्लामा मनोरम दृश्यहरुमा भिडियोको छायांकन गरिएको छ । चित्र मास्की मगरको निर्देशन रहेको भिडियोमा लोमश शर्मा र रबिना भण्डारीको अभिनय छ । विवेक बि.क.को छायांकन रहेको भिडियोमा पदम सुवेदीको ग्राफिक्स एवं सम्पादन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु