Information is intelligence
HomeScience & Technologyक्लबहाउसमा रेकर्ड गर्न मिल्ने फिचर सुरु गरिदैँ

क्लबहाउसमा रेकर्ड गर्न मिल्ने फिचर सुरु गरिदैँ

- Advertisement -spot_img

भ्वाइसमार्फत् छलफल गर्न लोकप्रिय बनेको क्लबहाउसमा प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेको एउटा फिचर आगामी महिनादेखि सुरु हुने भएको छ । क्लबहाउसले अक्टोबर महिनाको आफ्नो अपडेटमा भ्वाइस छलफललाई रेकर्ड गर्न मिल्ने फिचर सुरु गर्ने भएको छ ।

फिचरले प्रयोगकर्तालाई कुनै रुममा भएको कुराकानी एपमा रेकर्ड गर्न सकिने, आफ्नो प्रोफाइल वा क्लबमा सेभ गर्न मिल्ने र डाउनलोड पनि गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो ।

क्लबहाउसले भने यो फिचरलाई ‘रि–प्ले’ नाम दिएको छ । क्लबहाउसमा रुमका क्रियटर वा मोडरेटरले रेकर्ड गर्ने सुविधा पाउँछन् भने अरुलाई रेकर्ड गर्न दिने कि नदिने भनेर छनोटको विकल्प पनि यो फिचरमा हुनेछ । पब्लिक रुममा मात्रै यो फिचर उपलब्ध हुनेछ ।

प्रयोगकर्ताले रेकर्ड गरेको पूरा कुराकानीबाट सामाजिक सञ्जालमा सेयर गर्नको लागि ३० सेकेन्डको क्लिप पनि क्रियट गर्न सक्नेछन् ।
यो फिचरबाहेक क्लबहाउसले कुनै रुम, मानिस वा क्लबलाई कि–वर्डको आधारमा सर्च गर्न मिल्ने फिचर पनि ल्याउने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु