Information is intelligence
HomeScience & Technologyअब म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले एउटै ग्रुपमा कुराकानी गर्न सक्ने

अब म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले एउटै ग्रुपमा कुराकानी गर्न सक्ने

- Advertisement -spot_img

शुक्रबार फेसबुकले एकै पटक धेरै नयाँ फिचर सार्वजनिक गरेको छ । त्यसमध्ये ‘क्रस–एप ग्रुप च्याट’ ले धेरैको ध्यान केन्द्रित गर्न सफल भएको छ । यो सँगै अब फेसबुक म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले एउटै ग्रुप बनाएर कुराकानी गर्न सक्नेछन् ।

अघिल्लो वर्षमात्रै कम्पनीले इन्स्टाग्राम र फेसबुक म्यासेन्जर बिचमा कुराकानी गर्न सकिने गरि क्रस–एप म्यासेजिङ फिचरको सुरुवात गरेको थियो । त्यसलाई सुधार गर्दै कम्पनीले अब भने ग्रुप च्याटमै कुराकानी गर्न सकिने फिचर ल्याएको हो ।

यसका साथै फेसबुकले इन्स्टाग्रामको डाइरेक्ट म्यासेज(डीएम) मा पोल क्रियट गर्न सकिने फिचर पनि उपलब्ध गराएको छ । यो फिचर यस अघि फेसबुक म्यासेन्जरमा भने उपलब्ध थियो । त्यस्तै फेसबुक म्यासेन्जरमा ग्रुप टाइपिङ फिचर पनि थपिएको छ ।

यसको अर्थ ग्रुपमा भएका साथीहरूले कसले टाइप गरिरहेको छ भन्ने जानकारी प्राप्त हुने उल्लेख गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु