Information is intelligence
HomeNewsटेलिकमको अफर : १२५ रुपैयाँमा ४ जीबी डेटासँगै भ्वाइस कल

टेलिकमको अफर : १२५ रुपैयाँमा ४ जीबी डेटासँगै भ्वाइस कल

- Advertisement -spot_img

नेपाल टेलिकमले आफ्ना फोरजी प्रयोगकर्ताका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले १२५ रुपैयाँमा ४ जीबी डेटा र १०० मिनेट भ्वाइस कल भएको प्याकेज ल्याएको हो ।

कम्पनीका अनुसार यो अफरमा प्राप्त हुने चार जीबी डेटा मध्ये एक जीबी अलनेट (टुजी, थ्रीजी र फोरजी) डेटाको रुपमा प्रयोग गर्न सकिनेछ भने बोनसको रुपमा प्राप्त हुने तीन जीबी डेटा भने फोरजीमा मात्रै प्रयोग हुनेछ । कम्पनीका प्रयोगकर्ताले मोबाइलमा *१४१५# डायल गरेर तथा कम्पनीको एनटी एप प्रयोग गरेर यो प्याक लिन सक्नेछन् ।

एकसाथ डेटा, बोनस र भ्वाइस कल समावेश गरेको यो प्याकेजलाई ‘थ्री इन वान’ अर्थात ‘एउटैमा तीन’ नाम दिएको छ । जसको मान्य अवधि पाँच दिन रहेको छ । साथै कम्पनीले दशैं अघि आकर्षक चाडबाड अफर ल्याउने जनाउ समेत यसअघि नै दिइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु