Information is intelligence
HomePolitics११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

- Advertisement -spot_img

गृह मन्त्रालयले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको काज सरुवा तथा हेरफेर गरेको छ । शुक्रबार भएको गृहमन्त्रीस्तरको निर्णय अनुसार ११ जिल्लाका सिडीओ फेरिएका हुन् ।  

गृह मन्त्रालयका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने केही प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा तानिएको छ  । हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । 

गृह मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मोहनराज जोशीलाई पठाइएको छ भने जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।   

भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ भने लमजुङमा सुशील वैद्यलाई प्रजिअको जिम्मेवारी दिइएको छ । त्यस्तै, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ । नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ । त्यस्तै महत्तरीमा बासु दाहालको सरुवा भएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु