Information is intelligence
HomeSportsइपिएलमा आज दुई खेल हुँदै

इपिएलमा आज दुई खेल हुँदै

- Advertisement -spot_img

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा साेमबार दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । चितवन ४ खेलमा ८ अंक जोडी शीर्ष स्थानमा छ । यता भैरहवा पनि प्ले अफमा पुगिसकेको छ । भैरहवा ३ खेलमा ४ अंक जोडी तेस्रो स्थानमा छ ।

यसै गरी दोस्रो खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

पोखरा प्ले अफमा पुगिसकेकाे छ । पोखराले ४ खेलमा ५ अंक जोडेको छ ।

काठमाडौं दोस्रो जितको खोजीमा हुनेछ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

समूह चरणपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु