Information is intelligence
HomeEntertainment & Arts‘रत्नपार्क’मा भिटेनकाे अभिनय

‘रत्नपार्क’मा भिटेनकाे अभिनय

- Advertisement -spot_img

युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे ।

नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् । तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो ।

रौतहटमा जन्मिएका र्यापर भिटेन बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन् । उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ । नेपाली चलचित्रमा गायकहरुकोे आगमन भैरहेके समयमा भिटेनले पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु