Information is intelligence
HomeNewsपारस शाहको पोखरास्थित फ्ल्याटमा चोरी, कामदार काठमाडौंबाट पक्राउ

पारस शाहको पोखरास्थित फ्ल्याटमा चोरी, कामदार काठमाडौंबाट पक्राउ

- Advertisement -spot_img

१८ असोज, काठमाडौं | पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटमा चोरी गर्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् ।

उनको फ्ल्याटमा चोरी गरेको आरोपमा काठमाडौं महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको हो । शाहको पोखरास्थित फ्ल्याटबाट आइप्याड, क्यामेरा, मोबाइललगायतका सामग्री चोरी भएको थियो ।

पोखराको लेकसाइडमा रहेको फ्ल्याटबाट दुई दिनअघि चोरी भएको थियो । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा बाराका शुभ गौतम रहेका छन् । उनलाई काठमाडौंको गोंगवु क्षेत्रबाट पक्राउ गरिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु