Information is intelligence
HomeEntertainment & Arts‘चकलेटी स्याँउ’मा सागर, प्रिज्मा र प्रिन्सीको डान्स

‘चकलेटी स्याँउ’मा सागर, प्रिज्मा र प्रिन्सीको डान्स

- Advertisement -spot_img

गायक समिर आचार्य दर्शक नचाउने गीत सार्वजनिक गर्न माहिर छन् । ‘घाममा सुकाइदेउ, पिच रोड’ लगायतका गीत सार्वजनिक गरिसकेका समिरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याँउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका छन् ।

दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तिनै जना कलाकार भिडियोमा डान्सिङ मुडमा देखिएका छन् ।

शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाएपछि समिरले आफू उत्साहित भएको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु